काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ ।
विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् ।
महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ । त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ ।
जस अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ भने ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

FACEBOOK COMMENTS