काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोह सुरु हुनुअघि विभिन्न स्थानबाट अहिले जुलुस भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।
ललितपुरको कुपन्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपमा जुलुस पुगेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो । जुलुस भृकुटीमण्डप प्रवेश गरेसँगै औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि सुरु गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
FACEBOOK COMMENTS