काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी गणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि छन् । हालसम्म ३ हजार ७३९ मत गणना भएको छ, जसमा देउवाले १७९८ मत पाएका छन् । यस्तै शेखर कोइरालाले १४१३ मत पाएका छन् भने प्रकाशमान सिंहले २६८, विमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १९ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकोमा २३४० मत भए सभापति बन्न सकिन्छ । त्यती मत नआए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS