काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । अहिले देउवाले मतान्तर निकै बढाएका छन् ।
नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि छन् । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् । यस्तै शेखर कोइरालाले ११३१ मत पाएका छन् भने प्रकाशमान सिंहले २५०, विमलेन्द्र निधिले १७३ मत र कल्याण गुरुङले १२ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकोमा २३४० मत भए सभापति बन्न सकिन्छ । त्यती मत नआए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS