काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुनेकुरामा विश्वस्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यालय सानेपामा पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विभाजन नहुने बताएका हुन् ।
‘विधानको व्यवस्थाअनुसार कारयक्रम गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ । कसैले आशंका नगरे हुन्छ,’ उनले भने, ‘म सबैलाई ढुक्क बनाउन चाहन्छु– पार्टी एक ढिक्का रहन्छ । अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपथ्र्यो ।
हामीले मिति तय गर्यौँ, मिति मात्रै तय गरेर केही गरिएन ।’ कांग्रेसमा महामन्त्रीद्वय शर्मा र गगन थापा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग गरेअनुसार नै विशेष महाधिवेशन गरेर जानुपर्ने पक्षमा छन् । तर संस्थापकहरू भने निर्वाचनअघि पार्टी अधिवेशन गर्न नहुने पक्षमा छ । महामन्त्रीहरू भने फागुन २१ को निर्वाचनअघि पार्टीमा नयाँ नेतृत्वसहित जानुपर्नेमा छन् ।
FACEBOOK COMMENTS