काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफू पहिलोपटक कारबाहीमा परेको बताएका छन् ।
देशमा सुधार गरौँ, कांग्रेसमा सुधार गरौँ भन्दा आफू कारबाहीमा परहेको उनको भनाइ छ ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा संवोधन गर्दै शर्माले यस्तो बताएका हुन् । उनले बदलिएको समयअनुसार जाऔँ भन्दा आफूहरूमाथि कारबाही गरेको बताए ।
“देशमा सुधार गरौँ, कांग्रेसमा सुधार गरौँ भन्दा कारबाही हुँदो रहेछ । बदलिएको समयअनुसार बदलिएर जाऔँ भन्दा कारबाही हुँदो रहेछ,“ शर्माले भने ।
बुधबारै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गगन थापा र शर्मासहित फर्मुल्लाह मन्सुरलाई पार्टी सदस्यबाट निष्कासन गरेको छ ।
यता विशेष महाधिवेशनले कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय खारेज गरिएको घोषणा गरेको छ ।

FACEBOOK COMMENTS