काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
सभापति गगन थापाले शुक्रबार देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।
FACEBOOK COMMENTS