काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ ।
मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरेका छन् ।


FACEBOOK COMMENTS