काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै दुई हजार ४८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता भएको छ ।
विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएसँगै नियमित महाधिवेशनको बाटो बन्द भएको विशेष महाधिवेशन हस्ताक्षर अभियन्ताले जनाएका छन् ।
उनीहरूले नेपाली कांग्रेसको दर्ता किताब दर्ता नम्बर १०१ मा २४८५ अर्थात् कुल महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत हस्ताक्षरसहित प्रस्ताव दर्ताले नियमित महाधिवेशनको बाटो बन्द भएको दाबी गरेका छन् ।
“विशेष महाधिवेशनका लागि २४८५ हस्ताक्षर सहितको प्रस्ताव दर्ता भएको छ । यो प्रस्ताव दर्ता भएपछि विधानता विशेष महाधिवेशन बाध्यता हो,“ हस्ताक्षर दर्ता गर्न गएका महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले बाह्रखरीसँग भने,
“अब महाधिवेशनको मिति तोक्ने जिम्मेवारी केन्द्रीय समितिको हो । केन्द्रीय समितिलाई विशेष महाधिवेशनको विकल्प खोज्ने अधिकार छैन ।
FACEBOOK COMMENTS