काठमाडौं, असोज १५ । नजिकिएको दशैं र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ । विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठूला जहाज गरी दैनिक १५ वटा उडान थप गरेकोका विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभएको छ ।
हाल नेपालमा बुद्ध, यति,श्री, सौर्य, तारा, समिट, गोमा, सीता र नेपाल एअरलाइन्सले नेपालका ३५ वटा विमानस्थलमा सेवा दिंदै आएका छन् ।
FACEBOOK COMMENTS