काठमाडौं । सरकारले काम नगर्ने ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । आज एक सूचना प्रकाशित गर्दै देशैभरीका विभिन्न स्थानमा दर्ता भएको निर्माण व्यवसाय काम गर्ने कम्पनी खारेज गर्ने निर्णय गरेको हो ।
सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नका लागि निर्माण व्यवसायीहरुलाई समय दिएको थियो । सरकारले दिएको समयसिमाभित्र पनि नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS