काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
सरकारले आफूहरुलाई हटाएर आउट सोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै बिभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।
सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । कर्मचारीले धर्ना दिएपछि रास्वपा सांसद आशिका तामाङले आन्दोलनरत कर्मचारीहरुको मागका बारेमा जानकारी लिदै आफूले यस बिषयमा संसदमा आवाज उठाउने प्रतिवद्धता जनाएका थिए । सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको कर्मचारीहरुको भनाइ छ ।