काठमाडौं । सरकारले कालोसूचीमा राख्नका लागि सिफारिस भइआएका निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधे पनि उनीहरूले अटेर गर्ने गरेका छन् ।
केही अघि प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा विभिन्न सार्वजनिक निकायहरूबाट १० वटा निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइआएको थियो । कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार–प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सम्बन्धित कम्पनीहरूलाई उनीहरूकै ठेगानामा सूचना पठायो ।
तर, सूचनाको म्याद गुज्रिने दिशामा गए पनि ती कम्पनीहरूले हालसम्म स्पष्टीकरण पेस गरेका छैनन् । यससँगै, कार्यालयले आज सोमबार अर्को सूचना जारी गर्दै स्पष्टीकरण पेस गर्न सात दिनको म्याद दिएको छ ।
यी हुन् कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएका कम्पनी–
FACEBOOK COMMENTS