मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका–६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS