काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा छलछामपूर्ण रूपमा भएको हेरफेर सम्बन्धमा छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक आज मङ्गलबार बस्दै छ ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा गठित सात सदस्यीय समितिको बैठक आज मध्याह्न १२ बजे संसद भवन नयाँबानेश्वरस्थित शङ्कर हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहने छ ।
हिजो सोमबार गठित विशेष छानिबन समितिलाई २१ दिनको समय दिइएको छ ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ छन् ।
नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायण आचार्य तथा नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा समितिको सदस्य छन् ।
यस्तै, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्कीलाई समितिको सदस्य बनाइएको छ ।
FACEBOOK COMMENTS