काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप)द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेशिनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नका लागि सहज वित्तीय पहुँच प्रदान गर्न सहकार्य गरेको छ ।
उक्त रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडि बढेको छ ।
यसैगरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्ने बैंकले बताएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी र डीभी एक्सिलसका देवेश प्रधानले त्यससम्बन्धी सम्झौतापत्रमा आज शुक्रबार हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज बस्नेत (डनिल)को पनि उपस्थिति थियो । साथै डीभी एक्सिलसको तर्फबाट मुख्य सञ्चालन अधिकृत किरण नायर र मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईको उपस्थिति थियो ।
FACEBOOK COMMENTS