काठमाडौं । सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण माननीय मन्त्री बिनु रायमाझी पौडेलले बताउँनु भएको छ ।
उहाँले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउनु भयो ।
मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्थाले तालिमको व्यवस्था गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यवस्थागर्न लागेकोमा बिशेष धन्यवाद दिनुहुँदै यसका लागी मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने बताउँनु भयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने हरेक तरकारीको किसानको मुल्य आउँने गरी बजारको ब्यवस्था गर्नका लागी मन्त्रालयबाट हुने सबै खाले सहयोग गर्ने बताउँनु भयो ।
पौडेलले सिप सिक्नु ठुलो कुरा होइन सिकेको सिपलाई सदुपयोग गर्नू ठुलो भएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । कार्यक्रमका बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कृषकलाई प्रोत्साहन गर्नका लागी बितरण गरिएको उत्पादनमा आधारित अनुदान दिनका लागी धेरै समस्या भएको भएतापनी कृषकलाई दिने अनुदान कुनै बहानामा रोक्न नहुने भन्दै यसरी दिएको अनुदानका कारण कार्बाहीमा परे आफै भोग्ने भनेर अनुदानलाई निरन्तरता दिएको बताउँनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले हरेक कार्यक्रमको पारदर्शीता हुन पर्ने बताउँनु हुँदै समाज बिकासका लागी सहकारीको भुमिका महत्वपुर्ण हुने बताउँनु भयो ।

कार्यक्रममा उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नेपाली काँगे्रस जिल्ला उपसभाती टङ्क कार्कीले नेत्रज्योती कृषी सहकारी संस्थाले बिगतमा गरेका कामहरुका बारेमा प्रशंसा गर्दै सहकारीको मर्म र निती निर्देशीका अनुसार काम गरेर अगाडी बढेका सहकारी संस्थाहरुलाई कुनै पनि समस्या नआउँने बताउँनु भयो । वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालले कृषी उत्पादनमा नेत्रज्योती कृषी सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणीज्य संघका भुपेन्द्र थापाले उद्योग व्यवसाय सञ्चालनमा पर्ने समस्याका बारेमा जानकारी हासिल गरेर उद्योग सञ्चालन गर्न सके त्यसले मुनाफा दिने बताउँनु भयो । कार्यक्रममा नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गले असाय अपाङ्गता भएका ब्यक्तीका लागी आफुले निशुल्क बहस गरिदिएको बताउँनु हुँदै मानिसहरुले जहाँ जहाँबाट सेवा गर्न सकिन्छ त्यहाँ त्यहाँबाट सेवा गर्नु पर्छ भन्नुभयो ।

पुर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले नेत्रज्योती कृषी सहकारी सस्थाले नँया कामको शुरुवात गरेकोमा धन्यबाद दिदै आफुले सिकेको सिप अरुलाई पनि सिकाउँन पर्ने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतीत्वमा भएको कार्यक्रममा पुर्ब सचिब मोहन बस्नेतले उपस्थितलाई स्वागत गर्नुभएको थियो भने संस्थाका ब्यवस्थापक नेत्र बहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उद्योग बाणिज्य संघका भुपेन्द्र थापाको बिशेष पहलमा लाइन्स क्लब अफ चौतारा सिटीद्धारा अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्योनो कपडा बितरण गरेको थियो । क्लबका अध्यक्ष रबिन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबीन्द्र दुलाल सहितको टोलीले बिद्यार्थीलाई शैक्षीक सामाग्री समेत बितरण गर्नृुभएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती अम्बर घले लगाएत उत्कृष्ठ २१ वटा कृषी फर्म र ९ जना कृष्कलाई सम्मान गरिएको थियो । तालिम समापनका अबशरमा प्रशिक्ष तथा सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको नि:शुल्क शिवीर डडुवामा
बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रहि नगरस्तरिय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदीक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिबीरमा स्वास्थ्य परिक्षण तथा नि:शुल्क औषधी बितरण गरेका थिए ।
अपाङ्गता भएका ब्यक्तीहरुको ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिबशका अवसरमा आयोजित शिवीरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६०बर्ष माथीका जेष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने ब्यवस्था गरेको बताउँनु भयो । नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिवसका अबशरमा स्वास्थ्य शिबीर राखेर पुन्य काम गरेको बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी उपप्रमुख सिता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले अपाङ्गता भएका ब्यक्तीहरुका लागी बिशेष कार्यक्रम गरिरहेको बताउानु हुँदै अपाङ्गता भएका ब्यक्तीको क्षमता सपाङ्गभन्दा कम नभएको आफुले पाएको बताउँनु भयो ।
अवसर पाउँदा अपाङ्गले पनि सपाङ्गको जस्तै काम गर्न सक्ने भएकाले यसका लागी बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । वडा अध्यक्ष उद्धब नेपालले अपाङ्गता दिवशमा धेरै जसोलो अन्तरक्रिया गरेर मनाइरहेको सन्दर्भमा बज्रयोगिनी आपाङ्ग मैत्री सहकारी संस्थाले स्वास्थ्य परिक्षण र न्यानो कपडा बितरण गरेर मनाउँन लागेकोमा बिशेष धन्यबाद दिनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको हक हित र संरक्षणका लागी अग्रणी भुमिका खेलेको भन्दै अम्बर बहादुर घले लगाएत स्वास्थ्य शिबीरमा सेवा दिने स्वास्थ्य कर्मीहरुलाई सम्मान गरिउको थियो । चतुर बहादुर तामाङ्गको सभापतीत्वमा भएको कार्यक्रममा नगर अपाङ्ग सम्मन्वय समितीका दिपक अर्याललगाएत अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । समाजसेबी भुपेन्द्र थापाका पहलमा नगरभरीका ७८ जना अपाङ्गता भएका ब्यक्तिले न्यानो कपडा पाएका थिए । लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबिन्द्र दुलाल लगाएतका टोलीहरुले न्यानो कपडा बितरण गर्नुभएको थियो ।
कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन
बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएको छ । यसका लागी बागमती प्रदेस सरकार प्रयत्न सिल रहेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४को एकीकृत माझी बस्तीमा रहेको झमला देबी आधारभुत बिद्यालयमा जेष्ठ नागरिलाइ न्यानो कपडा तथा बिद्यार्थीहरुलाइ शैक्ष्कि सामाग्री बितरण गर्दै उाहाले यस्तो बताउँनु भएको हो ।
एकीकृत माझी बस्ती कालो सुची परेको बारेमा दुख लागेको बताउँदै नेत्र ज्योती कृषी सहकारी सस्था मार्फत यँहाका नागरिकलाइ केही रोजगार होस भनेर तालिम सुरु गरेको बताउँनु हुँदै बस्ती हस्तानन्तरण भइ नसक्दै बैङ्कबाट कालो सुचीमा पर्नु आफुलाइ दुख लागेको बताउँनु भयो ।
उाहाले बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्र िबितरण गर्न का लागी मौका जुटाइदिएकोमा नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद दिनु हुँदै आगामी दिनमा बस्तीलाइ कालो सुचिबाट हटाउँनका लागी यसै क्षेत्रका माननीय जयुहरु सँग छलफल अगाडी बढाउँने बताउँनु हुँदै बस्ती निर्माणवालको पनी समस्या के हो अरुलाइ दोष दिन भन्दा पनी समस्याको पहीचान गरेर समधानमा लाग्न पर्ने बताउँनु भयो ।
वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालले माझी बस्ताका नागरिकहरु कालो सुचिमा परेकोमा यसलाइ कसरी समधान गर्ने भन्ने बारेमा वडा कार्यलय चिन्तीत रहेको बताउँनु भयो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला उपसभापती टङ्ककार्कीले केही ब्यक्तीहरुको स्वार्थका कारण पुरै समुदायलाइ असर पर्ने काम कसैले पनी गर्नु हुँदैन भन्नु हुँदै यो बस्ताीमा के भएको हो सबै मिलेर समस्या समधान गर्नका लागी नेपाली काँग्रेसको तर्फबाट सहयोग हुने बताउँनु भयो ।
माझी बस्ती पुरै कालो सुचिमा परेको भन्ने बिषयमा नेपाली काँग्रेस दुखी भएको बताउँनु हुँदै वास्तवीकता के हो स्पष्ट नभइ कसैलाइ पनी दोष दिने ठाँउ नभएको बताउँनु भयो । उद्योग बाणीज्य सघंका भुपेन्द्र थापाले बालबालीकाहरु का लागी शैक्षिक सामाग्री बितरण गर्न सहयोग गनृु हुने सबैलाइ धन्यबाद दिनु हुँदै बस्त बिकासका लागी आफुले सकेको पहल गर्ने बताउँनु भयो । समाज सेबी भुपेन्द्र थापाको बिशेष पहलमा लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबिन्द्र दुलाल लगाएतका टोलीहरुले न्यानो कपडा बितरण गर्नुभएको थियो । कार्य क्रममा जेष्ठ नागरिकलाइ न्यानो कपडा समेत बितरण गरिएको थियो। बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रमको सुभापतीत्व भने बिव्यवस अध्यक्ष मिलन माझीले गर्नु भएको थियो ।
FACEBOOK COMMENTS