काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी
निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो । कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
मुम्बईमा बुधबार सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS