काठमाडौं स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ सब–भेरियन्ट जेएन.१ फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ । नयाँ भेरियन्टको संक्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS