काठमाडौं । दक्षिणी छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार कोभिड–१९ का सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५ हजार नाघेको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार देशभरि कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय सङ्क्रमित छन् ।
तीमध्ये धेरैजसो केरलका छन् । केरलपछि गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।
केरलमा १,६७९ सक्रिय, गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयका अनुसार यस वर्ष देशभरि कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनको सङ्क्रमण बढेसँगै नेपालमा पनि खतरा बढेको छ । भारतबाट नेपाल फर्किएकाहरूमा यसको सङ्क्रमण देखिन थालेको हो ।
FACEBOOK COMMENTS