काठमाडौँ । बेलायतको कोभिड(१९ अनुसन्धान प्रतिवेदनले पूर्व प्रधानमन्त्री बोरिस जोनसनको ढिलो निर्णयका कारण देशमा २३ हजार थप मृत्यु भएको खुलासा गरेको छ ।
प्रतिवेदनका अनुसार, जोनसनले सुरुमा भाइरसको गम्भीरता बुझ्न असफल भए र लकडाउनमा ढिलाइ गरेपछि धेरै मानिसहरुले ज्यान गुमाएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।
अध्ययन समितिकी अध्यक्ष, पूर्व न्यायाधीश हेदर ह्यालेटले सरकारले महामारीको समयमा विषाक्त र अराजक वातावरणको अनुभव गरेको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री जोनसनले निरन्तर निर्णयहरू परिवर्तन गरे र धेरै महत्त्वपूर्ण सुझावहरूलाई बेवास्ता गरेको बताएकी छन् ।
अनुसन्धानले यदि बेलायतले एक हप्ता अघि, मार्च १६, २०२० मा लकडाउन लगाएको भए, पहिलो लहरमा मृत्यु हुनेहरूको संख्या ४८ प्रतिशत कम हुन सक्थ् भन्ने निष्कर्ष निकालेको छ ।
कोभिड(१९ अवधिमा, जोनसनको सरकारले डाउनिङ स्ट्रिटमा आयोजित पार्टीहरू र लकडाउन नियमहरूको उल्लङ्घनसहित धेरै आरोपहरूको सामना गरेको थियो । स्वास्य मन्त्री म्याट ह्यानकक र प्रमुख सल्लाहकार डोमिनिक कमिंग्सको आचरणको बारेमा पनि गम्भीर प्रश्नहरू उठाइएको छ । प्रतिवेदनले भविष्यमा हुने महामारीसँग व्यवहार गर्न १९ सुझाव समेत दिएको छ ।

FACEBOOK COMMENTS