काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५११ पीसीआर र एक हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ।
उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११० जना आइसीयू र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ४१ हजार ५५७ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।
FACEBOOK COMMENTS