विराटनगर । विराटनगरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भएपछि आज बिहान नोबेल अस्पतालमा भर्ना भएकी सूर्योदयन गरपालिका इलामी ३९ वर्षीया ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
मृतक महिलाको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS