काठमाडौं । असोज ११ , पछिल्लो २४ घण्टामा देशभर एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार २६२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार ८४८जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार ५३५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३१३ संक्रमित छन् भने ३८५ जना आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख १२ हजार ८७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
FACEBOOK COMMENTS