काठमाडौं । देशभर पछिल्लो समय ६ हजार ८ सय १४ जनामा कोरोना परिक्षण गर्दा थप ४४० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ६० जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४७४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा एक सय ५५,भक्तपुरमा १५ र ललितपुर जिल्लामा ३२ गरी उपत्यकाभित्र कुल दुई सय दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
FACEBOOK COMMENTS