असोज २४ , काठमाडौँ । १२ हजार ४०४ नमूना परीक्षणमा ५ सय ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ९ हजार २३७ नमूनाको पीसीआर र ३ हजार १६७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५६५ र एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप ८ सय ७१ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १५०२४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३२२ जनाको भेन्टिलेटरमा र ११३ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ७८ हजार ९२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
FACEBOOK COMMENTS