काठमाडौं । पछिल्लो २४ घन्टामा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ नमूना परीक्षणमध्ये ५३५ पीसीआर र १२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३१८ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ७५८ जना संक्रमणमुक्त भएका छन् ।
FACEBOOK COMMENTS