काठमाडौं, ९ भदौ । भारतमा थप ३७ हजार ५९३ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यस्तै, ३४ हजार १६९ जना संक्रमण मुक्त भएका छन्।
हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख २२ हजार ३२७ पुगेको छ । यस्तै, संक्रमणका कारण थप ६४८ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण ४ लाख ३५ हजार ७५८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतभर ६१ लाख ९० हजार ९३० जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म भारतभर ५९ करोड ५५ लाख ४ हजार ५९३ जनाले खोप लगाइसकेका छन् ।
FACEBOOK COMMENTS