काठमाडौं । नेकपा (एमाले)ले कोरोना भाइरसको संक्रमण निकै फैलन थालेपछि पार्टीका सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर पार्टीका कार्यालय सञ्चालन गर्न भनिएको छ ।
पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम स्व्स्थ्य मापदण्ड पालना गरेर मात्रै आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँन एमालेले आग्रह गरेको छ ।
एमालेले माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाएको थियो ।
FACEBOOK COMMENTS