काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ६ हजार ६५५ जनामा आरटी–पीसीआर गर्दा १ हजार ६०२ जना र ४ हजार ४१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ जना गरी आज २,५२६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ६४ हजार ११९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेको छ । यो कुल संक्रमितको ९२.९ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १४ जनाको मृत्यु तथा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५२ लाख ६३ हजार ८३० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५६ हजार ४५७ जना आइसोलेसन र १३३ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS