धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका पुरूष रहेका छन् ।
कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका उनको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परीक्षणमा अहिलेसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
FACEBOOK COMMENTS