काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ४ हजार १९७ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर ३ हजार ५६५ जनामा आरटी–पीसीआर गर्दा १८ जना र ६३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७९ हजार ०२२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ९२१ जना पुगेको छ । यो कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५६ लाख ७४ हजार २५१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १४९ जना आइसोलेसन र ३ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS