काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा १६औं संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरेको छ ।
आइतबार साँझ विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल ह्यात प्लेसमा आयोजित भव्य समारोहमार्फत उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको हो ।
यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई प्रदान गरिएको छ भने चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा अवार्ड वितरणको तयारी गरिए पनि अन्तिम समयमा उनी आएनन् । महतको अनुपस्थितिमा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले सम्मानित व्यक्ति–व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरे ।
अर्थमन्त्रीले दिएको धोकाकाबीच सम्पन्न भएको अवार्ड कार्यक्रमका दृश्य र तस्वीरहरू यसप्रकार छन्–
अवार्डसम्बन्धी समाचारहरू–
- ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
- लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
- निजी क्षेत्रको मनोबल गिरेको बेला कर्पोरेट बिजनेश अवार्डले उत्साहित बनाएको छ : प्रदीप श्रेष्ठ
- पोलिटिक्स हाबी हुँदासम्म आर्थिक समृद्धि आउँदैन, हामीलाई दिए ६ महिनामा कायापलट गरिदिन्छौँ : भवानी राणा
- राज्यबाट प्रताडित उद्योगी–व्यवसायीलाई कर्पोरेट अवार्ड ‘सञ्जीवनी’ हो : अञ्जन श्रेष्ठ
- कर्पोरेट अवार्ड सामान्य होइन, अर्थमन्त्रीले निजी क्षेत्रलाई नेग्लेट गर्नुभयो : कमलेश कुमार अग्रवाल
- मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
भिडिओ–
तस्वीर–
FACEBOOK COMMENTS