काठमाडौं जिल्लामा भोलिदेखि ५० देखि ५५ वर्षकालाई खोप लगाइने भएको छ ।काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले भोलिदेखि ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे जेन्सन खाेप लगाउने तालिका रहेकाे जानकारी दिएका हुन् ।
खड्काले साउन ४ गतेबाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेकाे २८ खोप केन्द्र र जिल्लामा रहेकाे ५५ ओटा खोप केन्द्र उक्त खाेप दिने बताए ।जोन्सन एण्ड जोन्सनको खोप एक डोज लगाए पुग्दछ ।उक्त खाेप क र ख वर्गका अशक्त अपाङ्गता भएका व्यक्तिलाई पनि दिइने उनले जानकारी दिए । उनकाे अनुसार बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ ।
FACEBOOK COMMENTS