काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको ताजा तथा आधिकारिक मत परिणाम कर्पोरेट खबर डट कम मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
आम पाठक र निर्वाचनप्रति चासो राख्ने सरोकारवालाहरूलाई सहज र व्यवस्थित रूपमा सूचना उपलब्ध गराउन अनलाइनले ‘निर्वाचन विशेष’ क्याटेगोरी सञ्चालनमा ल्याइएको छ । फरक राजनीतिक परिस्थितिकाबीच हुन लागेको यो निर्वाचनबाट प्राप्त परिणाम सर्वाधिक चासोको रूपमा हेरिएको छ ।
प्राप्त निर्वाचन परिणामलाई ‘निर्वाचन विशेष’ क्याटेगोरीमार्फत पाठकमैत्री ढङ्गले प्रस्तुत गरिने कर्पोरेट खबरका प्रधान सम्पादक उज्वल जंग शाहले जानकारी दिए । उनका अनुसार विशेषगरी राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका तथा उच्च प्रतिस्पर्धा अपेक्षित ६ वटा निर्वाचन क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ । ती क्षेत्रहरूलाई ‘हट सिट’ का रूपमा वर्गीकृत गरिएको छ, जहाँ प्रधानमन्त्रीका प्रमुख दाबेदार, प्रभावशाली शीर्ष नेताहरू तथा उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिका प्रतिनिधिहरू प्रतिस्पर्धामा छन् ।
कर्पोरेट खबरको यो व्यवस्थामार्फत पाठकले देशभरको समग्र परिणामसँगै उच्च चासोका निर्वाचन क्षेत्रको अद्यावधिक अवस्था छिटो, विश्वसनीय र व्यवस्थित रूपमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । मत गणना सुरू भएदेखि अन्तिम परिणामसम्मको निरन्तर जानकारी उपलब्ध गराउने लक्ष्य छ । निर्वाचनको पलपलको ताजा अवस्था र निष्पक्ष समाचारका लागि कर्पोरेट खबर डट कम लग–इन गर्न अनुरोध गरिएको छ ।

FACEBOOK COMMENTS