काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिसिअ) ज्ञानमणि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालसहित ९ जनाविरुद्ध आज शुक्रबार विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७, टेम्मास्थित कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा बदनियतपूर्ण ढङ्गगले २५ लाख ५० हजार रुपैयाँ अनियमितता गरेको आरोपमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर हुनेहरूमा तत्कालीन जिसिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इञ्जिनियर बृधन यादव, सब–इञ्जिनियर शिवराज भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।
यसैगरी, कृष्णा उमाविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, भवन निर्माणताका विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरेका टीकाराम राई र हरिनारायण राई तथा भवन निर्माण गर्ने जयप्रसाद राईविरुद्ध मुद्दा दायर भएको हो ।
प्रतिवादीहरूविरुद्ध जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
कृष्ण उमाविको चारकोठे आरसीसी भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयको २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी ४५ लाख १० हजार ८९२ रुपैयाँमा सम्झौता भएको थियो ।
आरोपपत्रमा हेर्नुहोस् विस्तृत विवरण–
FACEBOOK COMMENTS