काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित ४ जना र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले डिभिजनको विज्ञापन प्रकाशन गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरीप्रसाद यादव र लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीका प्रबन्धक निशान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो तोकेर कानुनअनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS