काठमाडाैं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरू संसदीय समितिमा उपस्थित नहुने भएका छन् ।
बुधवार बसेको फूलकोर्टको बैठकले बहालवाला न्यायाधीश संसदीय प्रक्रियामा सामेल हुने कुरा संविधानसम्मत नहुने निर्णय गरेको हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग प्रक्रियामा बयानका क्रममा कतिपय बहालवाला न्यायाधीशहरूले समेत संविधानविपरित काम गरेको भन्दै विरुद्धमा बयान दिएका थिए । जबराले बयानका क्रममा मुछेका न्यायाधीश, नेता र अधिवक्ताहरूसँग पनि बयान लिने संसदीय समितिले निर्णय गरेको थियो ।
आज बसेको फूलकोर्टको बैठकले उक्त समितिले लिने भनेको बयानप्रति आपत्ति जनाउँदै समितिमा उपस्थित नहुने निर्णय गरेको हो । आजको फूलकोर्टको बैठकमा प्रकाशमान सिंह राउत भने अनुपस्थित भएको स्रोतले बताएको छ ।
FACEBOOK COMMENTS