काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो ।
यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो ।
FACEBOOK COMMENTS