काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
आयोगका अनुसार तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका प्रतिवादीहरूले सुरक्षण प्रेसका लागि सफ्टवेयर तथा उपकरण खरिद गर्दा प्रचलित कानुन विपरीत मिलेमतो गरी अनियमितता गरेका थिए । सम्भाव्यता अध्ययन नगरी, बढी लागत देखाएर तथा आवश्यक नभएका सामग्री खरिद गरी करिब ४० करोड ८५ लाख रुपैयाँ बराबरको हानी पुर्याइएको आरोप छ ।
उक्त मुद्दामा आयोगले बिगो असुलसहित कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । तर विशेष अदालतले आंशिक सफाइ दिएपछि आयोगले उक्त फैसला चित्त नबुझेको जनाएको छ ।
यसै कारण आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्दै पूर्ण न्यायको माग गरेको जनाएको छ ।

FACEBOOK COMMENTS