काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा-समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।
FACEBOOK COMMENTS