काठमाडौं । उच्च अदालल बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछानेलाई थुनामुक्त गर्न आदेश दिएलगत्तै उनलाई राखिएको नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थक भेला भएका छन् । उच्च अदालत बुटवलले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको हो ।बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई रिहा गर्न आदेश भएको हो ।
यसरी सुरु रुपन्देही जिल्ला अदालतले विसं २०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गरी प्रतिवादीले निवेदन साथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) दुई करोड ७४ लाख ८४ हजार बिगोका हक सुरक्षित गर्ने भनी आदेशमा भनिएको छ ।
FACEBOOK COMMENTS