काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका छन् ।
शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्ने बताए ।
“प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनस्र्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने । उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे ।
“असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनस्र्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्यो ।”
FACEBOOK COMMENTS