काठमाडौँ । सर्वोच्च अदालतले एमाले सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्दै र उपस्थित हुन आदेश गरेको हो ।
अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध गत बुधबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चमा न्यायाधीशलाई लक्षित गर्दै विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।
FACEBOOK COMMENTS