काठमाडौं । दक्षिणी छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ लहर देखिएको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा हाल १,००९ जना सक्रिय सङ्क्रमित छन् ।
सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा धेरै केरलमा ४३० जना छन् । महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ जना सङ्क्रमित रहेका जनाइएको छ ।
त्यस्तै महाराष्ट्रमा केही सङ्क्रमितको मृत्यु भएको पनि बताइएको छ ।
कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले कोरोनाका बारेमा चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनले भने, ‘अवश्य पनि हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोनाको बढ्दो घटनाहरू सुनेका छौँ, तर त्यहाँ पनि सङ्क्रमण हल्का रहेको छ । भारतमा रिपोर्ट गरिएका कोरोनाका घटनाहरू पनि हल्का छन् ।’
FACEBOOK COMMENTS