नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतमा कोभिड–१९ सङ्क्रमणको अवस्था फेरि चिन्ताजनक बन्दै गएको छ । सङ्क्रमणका कारण यहाँ पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ ।
यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हिजो शनिबार सार्वजनिक गरेको विवरण अनुसार राजधानी नयाँ दिल्ली, केरला, कर्नाटक र उत्तर प्रदेशमा एक/एक जनाको ज्यान गएको हो । यस्तै, भारतमा कोभिड–१९ सङ्क्रमितहरूको संख्या तीन हजार नाघेको छ ।
यहाँ सक्रिय सङ्क्रमतिको सङ्ख्या तीन हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये हालसम्म एक हजार ८१८ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै सक्रिय सङ्क्रमितको सङ्ख्या केरलामा एक हजार ३३६ जना छ । यस्तै, महाराष्ट्र र नयाँ दिल्ली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
कोभिडको सङ्क्रमण बढेसँगै यहाँको कर्नाटक प्रदेशका सबै विद्यालयहरूमा सचेत रहन निर्देशन जारी गरिएको छ । अधिकांश सङ्क्रमणहरू हल्का लक्षणका साथ देखिएको भए पनि सावधानी अपनाउन जरुरी रहेको बताइएको छ ।
FACEBOOK COMMENTS