काठमाडौँ । काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म काठमाडौँ जिल्लामा २ हजार ३०४ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले उपत्यकाका काठमाडौँ र ललितपुर जिल्ला सङ्क्रमितको दर बढेको बताए । उनले भने, ‘काठमाडौँमा धेरै अस्पताल तथा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरू छन् ।
यही काठमाडौँमै विदेश जानेहरूले कोरोना परीक्षण गराएको हुँदा सङ्क्रमण धेरै देखिएको हुन सक्छ ।’ यस्तै ललितपुरमा सक्रिय सङ्क्रमित १६० जना छन् भने भक्तपुर जिल्लामा ४२ जना रहेका छन् । यस्तै, ललितपुरमा नेपालमा महामारी सुरु भएदेखि कोरोना सङ्क्रमणका कारण ७४८ जनाको मृत्यु भएको छ भने भक्तपुर जिल्लामा ४४८ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS