काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित माछा गेट नजिक एक घरको इनारमा खसेको गाईको सकुशल उद्धार गरिएको छ।
केशिया राणाको घरमा पालिएको करिब ५ सय किलोग्राम तौलको गाई आफ्नै कम्पाउन्डभित्र रहेको इनारमा खसेपछि महानगरपालिकामा खबर गरिएको थियो ।
खबर प्राप्त हुनासाथ नगर प्रहरी नायव उपरीक्षक किशोरकुमार भट्टराईको नेतृत्वमा काठमाडौँ दमकल र नगर प्रहरी पश्चिम क्षेत्रको टोली उद्धारमा खटिएको थियो ।
टोलीले विशेष प्रविधिको प्रयोग गर्दै गाईलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाएको छ।
FACEBOOK COMMENTS