काठमाडौँ । नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने भएका छन् ।
सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय भएको स्थायी समितिको सदस्य अनिल शर्मा बताए ।
अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक नलगाइएको उनको भनाइ छ ।
यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए ।
पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।

FACEBOOK COMMENTS