काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची छ ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ ।
FACEBOOK COMMENTS